काठमाण्डौ । नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ। 

राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै दुवै लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि गत वैशाख २६ गते आयोजित दुवै लघुवित्तको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। त्यसपति दुवै लघुवित्तले संयुक्त रुपमा राष्ट्र बैंकमा निवेदन दिँदै मर्जरमा अन्तिम स्वीकृति मागेका थिए। 

यी दुवैबीच गत मंसिर १८ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। गत पुस १७ गते नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका—२ श्रीनगर टोलस्थित रजिस्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ।  

त्यसैगरी सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तले खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदाबरीमा रहेको छ।