काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको कात्तिक २२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १३ करोड ३१ लाख रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ करोड ९९ लाख ६५ हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १४.२५ प्रतिशतले हुन आउने १ करोड ८९ लाख ६६ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ९ लाख ९८ हजार २५० रुपैयाँ नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।