काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ६.२० प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा ३ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । 

दोस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६२ अर्ब निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार भने ११.७७ प्रतिशतले बढाएको छ । गत वर्ष १० अर्ब ४४ करोड रुपैयाँ रहेको रिजर्भमा बढेर ११ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.७५ प्रतिशत रहेको छ । गत वर्ष यो अनुपात ०.६२ प्रतिशत थियो । बैंकको कस्ट अफ फन्ड ६.०२ प्रतिशत र आधार दर पनि ८.१० प्रतिशत रहेको छ ।