काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले आउँदो कात्तिक १७ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। काठमाण्डौको नक्सालस्थित कम्पनीको सभा कक्षमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि घोषित चुक्तापुँजीको ३५ प्रतिशतले हुन आउने ७ करोड रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ १.८४ प्रतिशतले हुन आउने ३६ लाख ८४ हजार २१०.६ रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्नेछ।
सभाले कम्पनीकाृ अधिकृत पुँजी वृद्धि गरी १ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सोही सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19