काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले संचालन गरेको दुवै म्युुचुुअल फण्ड ओरालो लागेका छन् । सोमबार सार्वजनिक जेठ मसान्तसम्मको बित्तीय विवरण अनुसार दुवै फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(एनएभी)मा गिरावट आएको हो । योसँगै दुवै स्किमको घाटा समेत तीव्र गतिमा बढिरहेको छ । 

पाँच वर्षे बन्दमुखी स्किम नबील ब्यालेन्स फण्ड १ को प्रति इकाई एनएभीमा ०.४६ रुपैयाँले गिरावट आएको छ । बैशाख मसान्तसम्म प्रति इकाई खूद सम्पत्ति मूल्य २४ रुपैयाँ ५३ पैसा रहेकोमा जेठ मसान्तसम्म घटेर २४ रुपैयाँ ७ पैसामा झरेको हो । 

७५ करोड रुपैयाँबाट सुरु भएको यो फण्डले हालसम्म ७४ सूचिकृत कम्पनीको सेयरमा ९५ करोड ८३ लाख, ११ करोड ४४ लाख विभिन्न ऋणपत्र र ८ करोड ३० लाख सूचिकृत नभएका सेयरमा लगानी गरेको छ । बैशाख मसान्तसम्म यो स्किमले  १० करोड ३७ लाख खूद घाटा व्यहोरेको थियो भने जेठ मसान्तसम्म आइपुुग्दा घाटा बढेर १३ करोड ९२ लाख पुुगेको छ । 

यो फण्डले सबैभन्दा धेरै जलविद्युत लगानी तथा विकास कम्पनीको ६५ हजार ६० कित्ता सेयर खरीद गरेको छ भने रकमको हिसाबले सबैभन्दा बढी लगानी स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा ७ करोड रुपैयाँ रहेको छ । 

यसैगरी, अर्को पाँचवर्षे बन्दमुखी म्युुचुुअल फण्ड नवील इक्वीटी फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्यमा पनि गिरावट आएको छ । 

बैशाख मसान्तसम्ममा प्रति इकाई एनएभी(नेट एसेट भ्यालूू) १० रुपैयाँ ११ पैसा रहेकोमा जेठ मसान्तसम्म घटेर ९ रुपैयाँ ९७ पैसामा झरेको छ । 

यो फण्ड १ अर्ब २५ करोडबाट सुरु भएको हो । जेठ मसान्तसम्म यो कम्पनीले सूचिकृत कम्पनीको सेयरमा ४५ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ भने मुद्धती खातामा १२ करोड ५० लाख राखेको छ । यस्तै, २४ करोड ७५ लाख सूचिकृत नभइसकेका सेयरमा लगानी गरेको छ। 

बैशाख मसान्तसम्म १ करोड ३७ लाख खूद नाफामा रहेको यो स्किम जेठ मसान्तसम्म आइपुुग्दा ३७ लाख ६६ हजार घाटामा गएको छ । यो स्किमले सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनीको २४ हजार ९ सय ३० कित्ता सेयरमा लगानी गरेको छ । यस्तै, सबैभन्दा बढी लगानी ३ करोड ७४ लाख रुपैयाँ एभरेष्ट बैंकको सेयरमा छ ।