काठमाण्डौ । नबील बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा २९ प्रतिशत बढीले वृद्धि गरेको छ । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ३५ करोड खूद नाफा कमाएको यो बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब ७० करोड कमाएको हो । 

व्यवसाय बिस्तार गरेका कारण यो बैंकले २ अर्ब ६५ करोड खूद ब्याज आम्दानी गरेको छ भने निस्क्रिय कर्जालाई समेत चमात्कारिक ढंगले घटाएको छ । 

अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १.७० प्रतिशतको स्तरमा रहेको निस्क्रिय कर्जा घटाएर यो वर्ष ०.९० प्रतिशतमा झरेको हो । 

यो अवधिमा बैंकले १ खर्ब २ अर्बको निक्षेप संकलन गरी ९० अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा परिचालन गर्न सफल भएको छ । यो अवधिमा बैंकको चुक्तापूँजी ६ अर्ब १८ करोड पुुगेको छ भने जगेडा कोषमा ७ अर्ब १५ करोड जम्मा भएको छ । 

गत आर्थिक वर्षको खूद नाफाबाट यो बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांशको डबल अफर दिएको थियो । बैंकको बार्षिकीकृत प्रति सेयर आम्दानी ५६ रुपैयाँ ६९ पैसा, प्रति सेयर नेटवर्थ  २१५ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात २७.४२ गुणा कायम भएको छ ।