काठमाण्डौ । नबील ब्यालेन्स फण्ड–१ ले आफ्ना इकाई धनीहरुलाई ४२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । 

यो स्किमको प्रवद्र्धक नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडको साउन ३२ गते बसेको बोर्ड बैठकले इकाईधनीलाई ४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

एक संचालकका अनुसार यो निर्णयको बिषयमा बुधबार नै नेपाल स्टक एक्सेचेञ्जमा लिखित जानकारी गराइसकिएको छ, तथापि नेप्सेले बुधबार यो सूचना प्रकाशित गरेन ।

संचालक समितिले नगद लाभांशका लागि भदौ ११ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ त्यसको ठीक एक कार्यदिनअघि यो स्किमको इकाई खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले मात्र नगद लाभांश पाउनेछन् । 

यो निर्णय नियामकहरुबाट स्वीकृत भएपछि मात्र कार्यान्वयमा आउनेछ । 

नबील इन्भेष्टमेन्ट बैकिङले संचालन गरेको पाँचवर्षे बन्दमुखी यो स्किमको गत असार मसान्तसम्मको प्रति इकाई खूद सम्पत्ति मूल्य २३.९५ रुपैयाँ रहेको छ । यो स्किमको प्रति इकाई पछिल्लो कारोबार मूल्य २२.८५ रुपैयाँ छ ।