काठमाण्डौ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ ।

संस्थाले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ८ करोड ४० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड ६८ लाख रुपैयाँबराबरको बोनस सेयर र १.०५ प्रतिशतले हुन आउने ८ लाख ८४ हजार २१०.५३ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावि लाभांश संस्थाले यही पुस १९ गते गर्ने वार्षिक साधारणसभाबाट पारित गर्नेछ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ संस्थाले भोलि (पुस ३ गते) देखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । सोही कारणले आजसम्म कायम सेयरधनीहरुमात्र लाभांश र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।