– रेखा चन्द
काठमाण्डौ । दसैँका लागि नयाँ नोट भोलि शुक्रबारसम्म मात्रै साट्न पाइने भएको छ।
शनिबारदेखि लगातार बिदा रहेकाले भोलि नयाँ नोट सटहीको अन्तिम दिन रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। ‘सर्वसाधारणले दसैँ लक्षित नयाँ नोट भोलि शुक्रबारसम्म मात्रै सटही गर्न सक्छन्’, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुुख रेवतीप्रसाद नेपालले भने।
बुधबारसम्म १२ अर्बभन्दा बढीको फ्रेस नोट राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुले लगिसकेको नेपालले जानकारी दिए।
यस्तै सोही अवधिसम्ममा १० अर्ब बराबरको ठूला दरको नोट बजारमा गएको छ। नेपालका अनुुसार अहिलेसम्म झन्डै २२ अर्बको नोट बजारमा गएको छ। ‘भदौ २६ गतेदेखि हिजो असोज १२ गतेसम्म झन्डै २३ अर्बको नोट बजारमा गएको छ’, उनले भने।
अझै माग भइरहेकोमा ५० करोड रुपैयाँबराबरको नयाँ नोट बजारमा जाने नेपालको भनाइ छ।
यता ३ अर्बबराबरको ठूला नोटको माग भइरहेको नेपालले बताए। ‘भोलिसम्ममा कुल करिब २६ अर्ब रुपैयाँजतिको नयाँ तथा ठूला दरको नोट बजारमा जान सक्ने आजको अनुमान छ’, उनले भने, ‘यद्यपि बैंकहरुले एटीएममा राख्नका लागि थप रकम पनि माग गर्न सक्छन्।’
भोलिसम्ममात्रै नोट सटही गर्न पाइने भएपछि राष्ट्र बैैंक, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा सर्वसाधारणको भीड लागेको छ। राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि दसैँलक्षित नयाँ नोटको सटही सुुरु गरेको थियो। अन्य बैंक तथा वित्तीय संस्थाहरुले भने असोज पहिलो सातादेखि नयाँ नोट वितरण गरेका थिए।
केन्द्रीय बैंकले हरेक वर्ष दसैँलाई लक्षित गरी नयाँ नोट सटही गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19