– रेखा चन्द
काठमाण्डौ । दसैँमा नयाँ नोट प्रयोग अनिवार्य रुपमा गरिन्छ।
नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकता दिन आग्रह गरे पनि त्यो अभ्यास अभ्यस्त भइसकेको छैन। यद्यपि दसैँमा हरेक वर्गले दानदक्षिणा दिनका लागि नयाँ नोटको प्रयोग गर्ने गर्दछन्।
राष्ट्र बैंकको मुुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाल सम्भव हुने ठाउँहरुमा सकेसम्म डिजिटलमार्फत भुुक्तानी गर्न सुुझाउँछन्। नोट छपाइमा राज्यको ठूलो रकम खर्च हुुने गरेमा नोटलाई जथाभावी फोहोर गरिदिँदा झन घाटा हुने उनको भनाइ छ।
नेपालका अनसार असोज र कात्तिकमा नोटको प्रयोग अन्य समयको भन्दा बढी हुने गर्दछ। त्यसकारण यही समय नोट बढी फोहोर हुने सम्भावना रहेको नेपालको भनाइ छ। ‘त्यसैले सम्भव हुने ठाउँहरुमा सकेसम्म डिजिटल भुक्तानी गरौँ’, उनले भने।
यता राष्ट्र बैंकले हरेक वर्ष दसँैलाई लक्षित गर्दै नयाँ नोट वितरण गर्दै आएको छ। तर, सर्वसाधारणले भने नयाँ नोटको जतन गरेको पाइँदैन। त्यो हुँदा नोट छिटो फाट्न, च्यातिन, गल्न गई नोटको आयुु नै गर्दछ।
नयाँ नोट छाप्दा राज्यको ठूलो रकम खर्च हुनेहुँदा नोटलाई जतन गर्न राष्ट्र बैंकले आग्रह गर्दै आएको छ। विशेषगरी चाडपर्वका बेला अबिर, अक्षतालगायत लाग्दा नोट छिटो फोहोर हुने गर्दछन्।
यसरी गर्नुहोस् नोटको जतन
नोट राष्ट्र सम्पत्ति हो। नोट सभ्यताको प्रतीक हो। नोटलाई जतनसाथ प्रयोग गर्नका यस्ता बानी बसाल्नुहोस्–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19