काठमाण्डौ । सेयर बजार आज बिहानैदेखि घटेको थियो। कारोबारका अन्तिममा १७.५६ अंकले घटेर बजार बन्द भएको छ। 

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। बजारलाई डाउ थेउरीमार्फत हेर्दा यसअघिको हायर लो १९६० भन्दा केही अंक तल बजर बन्द भएको छ। अर्थात बजार हायर लो नजिक बन्द भएको छ। यसको अर्थ बजारले नयाँ हायर लो बनाइसक्यो भन्ने होइन। यदि आगामी कारोबारमा बजार त्यहाँबाट पनि तल जान्छ भने बजारले केही अंक गुमाउन सक्छ। 

आज भोलुममार्फत हेर्दा बजार घट्दा खासै भोलुम बढ्न सकेको छैन। यसलाई सकारात्मक रुपमा नै लिन सकिन्छ। 

बजारलाई बोलिंगरमार्फत हेर्दा मध्य ब्यान्डबाट तल खसेको छ। यसले तल्लो ब्यान्डसम्म आउन सक्ने देखिन्छ। यो भनेको करिब १९३० सम्म हुन सक्छ।

म्याक्डीमार्फत हेर्दा बजार करिब–करिब बियरिस क्रसओभरको नजिक रहेको देखिन्छ। तर, बियरिस क्रसओभर भइसकेको अवस्था भने होइन। 

हिस्टोग्राम सकारात्मक छन् तर छोटा–छोटा हुुँदै गएका छन्। आरएसआईबाट पनि बजार त्यति सकारात्मक हुन सक्ने अवस्था छैन। किनकि बजार यसअघिको हायर लोभन्दा केही तल झरेको छ। 

पिभटमार्फत हेर्दा बजार दोस्रो सपोर्ट १९६८ बाट पनि तल झरेको छ। अबको तेस्रो बलियो सपोर्ट भनेको बजारले १९४२ मा लिन सक्छ। 

बढेमा बजारले क्रमशः १९८६, २०११ र २०३०  मा प्रतिरोध सामना गर्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।