काठमाण्डौ । भरतको अग्रणी परफर्मेन्स बाइक निर्माता रोयल इन्फिल्डले अन्ततः आफ्नो चर्चित बाइक बुलेट ३५० को नेक्स्ट जेनेरेसन मोडल घरेलु बजारमा ल्याएको छ। 

आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यस बाइकमा कम्पनीले धेरै ठूला परिवर्तन गरेको छ। जसले गर्दा यसलाई अझ राम्रो बनाइएको छ। यो बाइकको प्रारम्भिक मूल्य भारु १.७४ लाख (एक्स शोरुम) तोकिएको छ।

रोयल इन्फिल्डले नयाँ बुलेट ३५० मा हरेक हिसाबले एस्थेटिक र मेकानिकल अपडेट दिएको छ। यो कम्पनीको सबैभन्दा किफायती मोडेलमध्ये एक हो र यसको इतिहास दशकौँ पुरानो रहेको छ। यो मोडलको नाम ब्रान्डभन्दा धेरै चर्चित छ। 

रोयल इन्फिल्डले आफ्नो नयाँ बुलेट ३५० भारतको चेन्नईमा लन्च गरेको हो। कम्पनीले यो बाइकलाई नयाँ ‘जे’ प्लेटफर्ममा विकास गरेको छ। जसमा ग्राहकले नयाँ हन्टर र मिटियरजस्ता मोडल पाउनेछन्। 

कम्पनीले यस बाइकमा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर लामो स्ट्रोक इन्जिन प्रयोग गरेकोे छ। जसले ६१०० आरपीएममा लगभग १९.९ बीएचपी पावर र ४००० आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ। यो इन्जिन ५ स्पिड गियरबक्सले सुसज्जित छ।

रोयल इन्फिल्डको नयाँ बुलेट ३५० लाई हेडलाइट र टेललाइटको नयाँ सेट दिइएको छ। कम्पनीले यो बाइकलाई पहिलेजस्तै रेट्रो लुक दिएको छ। यसमा एलसीडी स्क्रिनसहितको नयाँ डिजिटल एनालग इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ। जसले मौजुदा इन्स्ट्रुमेन्ट क्लस्टरभन्दा बढी डिटेल जानकारी प्रदान गर्दछ। स्विचगियरमा पनि परिवर्तन गरिएको छ। यसमा यूएसबी पोर्ट पनि पाइनेछ। –एजेन्सी