काठमाण्डौ । अंग्रजी नयाँ वर्षको पहिलो दिन सोमबार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा सुनको मूल्य ०.१६ प्रतिशत अर्थात प्रतिऔंस ३.३६ डलरले बढेको हो । 

यो वृद्धिसंगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०६६.२६ डलर पुगेको छ । 

अघिल्लो दिन सुनको मूल्य ४.०६ डलरले घट्दै प्रतिऔंस २०६२.९ डलर पुगेको थियो । 

नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ रहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ ।