काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले माघ १६ गते बुधबार काठमाण्डौको नयाँ बानेश्वरमा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा रहेको बैंकको शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरे ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् ।
विकास बैंकले छिट्टै नै पर्साको बीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङको तुल्सीपुर, बाँकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ ।
विकास बैंकले आर्थिक बर्ष २०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा रु.२६ अर्ब ९८ करोड निक्षेप संकलन गरी रु.२३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गत वर्षको तुलनामा ५४.८१ प्रतिशतले बृद्धि गरी रु.४३ करोड ९३ लाख सञ्चालन मूनाफा आर्जन गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago