काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कका लागि नयाँ वर्षको सुरुआत सुखद् बनेको छ। 

सन् २०२२ को सुरुआतमै मस्कको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको सेयरमा झन्डै १४ प्रतिशतको बढोत्तरी भएको छ। योसँगै मस्कको सम्पत्ति एकैदिन ३३.८ अर्ब डलरले बढेको छ। 

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सअनुसार अब मस्कको सम्पत्ति ३०४ अर्ब डलर पुगेको छ। 

विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाले गत वर्षको चौथो त्रैमासमा रेकर्डतोड डेलिभरी गरेको थियो। यो कम्पनीको सेयरमा १३.५ प्रतिशतले बढेर ११९९.७८ डलर पुगेको छ। यो बढोत्तरी विगत १० महिनामा एकैदिनको सबैभन्दा बढी हो। 

जानकारहरुले सन् २०२२ मा टेस्लाको सेयरले दमदार प्रदर्शन गर्ने अनुमान गरेका छन्। – एजेन्सी