काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा खोलिएको बौदीकाली शाखा जनता बैंकको १२२औं शाखा हो । 

नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोबारका लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहात पुर्याइने विश्वास लिइएको छ ।

यो संगै बैंकले देशैभरी फैलिएका यस बैंकको १२२ शाखा, ७० एटिएम, २ एक्सटेन्सन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।