काठमाण्डौ । नबील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले प्रवद्र्धन गरेको सात वर्षे बन्दमुखी म्युचुुअल फण्ड नवील इक्वीटी फण्डको खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालूू एनएभी)मा झिनो बढोत्तरी भएको छ । 

बिहीबार कम्पनीले पुस महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै एनएभीमा केही बढोत्तरी भएको जनाएको हो । 

मंसिर मसान्तसम्ममा एनएभी ९ रुपैयाँ ८१ पैसा रहेकोमा पुसमा बढेर ९ रुपैयाँ ८३ पैसा भएको हो । तर यसको एनएभी प्रति इकाई मूल्य(१० रुपैयाँ) भन्दा अझै कम नै छ । 

१ अर्ब २५ करोडबाट सुरु भएको यो फण्ठ १४ करोड ९६ लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । १२ करोड ५० लाख रुपैयाँ मुद्धती खातामा राखेको छ भने २ करोड ५७ लाख रुपैयाँ सूचिकृत नभइसकेका विभिन्न कम्पनीको सेयरमा लगानी गरेको छ । यो म्युुचुुअल फण्डले पुसमा २ करोड ९ लाख खूद घाटा व्यहोरेको छ । 

यो म्युुुचुअल फण्डको कुल लगानीमध्ये सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनी लिमीटेडको १३ हजार १ सय ८० कित्ता सेयरमा छ । १ करोड ५३ लाख रुपैयाँ लगानी एभरेष्ट बैंकको सेयरमा छ । यो फण्डको १२ करोड ५० लाख रुपैयाँ सेयर हालैदेखि नेप्सेमा कारोबारका लागि सूचिकृत भइसकेको छ । 

यसैगरी, नवील इन्भेष्टमेन्ट बैकिङकै प्रवद्र्धनमा संचालित ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड, नवील ब्यालेन्स फण्ड-१ को एनएभी(खूद सम्पत्ति मूल्य)मा पनि सामान्य बढोत्तरी भएको छ । 

मंसिरमा यो फण्डको एनएभी २२ रुपैयाँ ४८ पैसा रहेकोमा पुसमा केही वृद्धि भई २२ रुपैयाँ ५८ पैसा कायम भएको हो । 

७५ करोड रुपैयाँबाट सुरु भएको यो स्कीमले हालसम्म ८० करोड ५ लाख रुपैयाँ ७१ सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । ११ करोड ४४ लाख रुपैयाँ विभिन्न ऋणपत्र तथा १८ करोड रुपैयाँ सूचिकृत नभइसकेको सेयरमा लगानी गरेको छ । 

यो फण्डले पुसमा २४ करोड ९९ लाख खूद घाटा व्यहोरेको छ । मंसिरमा यो घाटा २५ करोड ७४ लाख पुुगेको थियो । 

यो स्किमले सबैभन्दा धेरै सेयर जलविद्युत लगानी तथा विकास कम्पनीको ८५ हजार ६० कित्ता खरीद गरेको छ । सबैभन्दा बढी कुल ४ करोड ३८ लाख लगानी चाहि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा रहेको छ ।