काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडद्वारा प्रवद्र्धित दुवै म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्यमा बढोत्तरी भएको छ । 

नवील इक्वीटी फण्ड तथा नबील ब्यालेन्स फण्ड १ को प्रति इकाई खूद सम्पत्ति मूल्य(एनएभी) वृद्धि भएको हो । 

२०७३ भदौ १४ गतेदेखि संचालन अनुमति पाएको ७ वर्षे बन्दमुखी नवील इक्वीटी फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य साउन मसान्तसम्म ९.९९ रुपैयाँ कायम भएको हो । असार मसान्तसम्म यस्तो मूल्य ९.९७ रुपैयाँ थियो । 

यो स्किमले साउन मसान्तसम्म सूचिकृत कम्पनीको सेयरमा ६७ करोड २९ लाख बढी लगानी गरेको छ । यस्तै, मुद्धती निक्षेपमा १२ करोड ५० लाख बचत गरेको छ । सूचिकृत नभएका सेयरमा २७ करोड ६३ लाख लगानी गरेको छ । 

अघिल्लो महिनाको अन्तसम्म ३९ लाख ८८ हजार नोक्सानीमा रहेको यो स्किम साउन मसान्तसम्म २१ लख ९१ हजार नाफामा गएको छ । 

सबैभन्दा बढी सेयर नेपाल दूरसंचार कम्पनी लिमीटेडको ४५ हजार ३ सय कित्ता खरीद गरेको छ । रकमको हिसाब सबैभन्दा बढी लगानी नागरिक लगानी कोषमा रहेको छ, जहाँ यो स्किमले ५ करोड ५९ लाख बढी लगानी गरेको छ । 

यता, नबील ब्यालेन्स फण्ड-१ को प्रति इकाई खूद सम्पत्ति मूल्य पनि केही बढेर साउन मसान्तसम्म २४.४४ रुपैयाँ कायम भएको छ । असार मसान्तसम्म यस्तो मूल्य २३.९५ रुपैयाँमा सीमित थियो । 

साउन मसान्तसम्म यो स्किमले सूचिकृत धितोपत्रमा १ अर्ब २ करोड लगानी गरेको छ । यस्तै, ऋणपत्रमा ११ करोड ४४ लाख तथा सूचिकृत नभएका धितोपत्रमा ६ करोड ४३ लाख लगानी गरेको छ । मुद्धती निक्षेपमा ७ करोड ५० लाख जम्मा गरेको छ । 

कुल ७५ करोडको यो स्किम असार मसान्तसम्म १४ करोड ७५ लाख घाटामा रहेकोमा साउन मसान्तसम्म ३ करोड ६८ लाख नाफामा छ । 

यो स्किमले सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको ६५ हजार ६० कित्ता खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा धेरै लगानी शिखर इन्स्योरेन्समा छ, जहाँ ५ करोड ८२ लाख बढी लगानी रहेको छ ।