काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडको व्यवस्थापनमा संचालित दुवै म्युचुुअल फण्डको घाटा डरलाग्दो गरी बढेको छ । 

असोज मसान्तको तुलनामा कात्तिक मसान्तसम्ममा दुवै म्युुचुुअल फण्डको घाटा निकै बढेको हो ।

नवील म्युचुुअल फण्ड अन्तगरत ७ वर्षे बन्दमुखी योजना नवील इक्वीटी फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) १० रुपैयाँ भन्दा तल छ । असोज मसान्तसम्म यसको न्याभ ९ रुपैयाँ ७७ पैसा रहेकामा कात्तिक मसान्तमा घटेर ९ रुपैयाँ ५४ पैसा कायम भएको हो । 

यो अवधिसम्म यो स्किमले सूचिकृत धितोपत्रमा ६१ करोड ९२ लाख लगानी गरेको छ । यस्तै, सूचिकृत नभएका धितोपत्रमा ३ करोड ९२ लाख र मुद्धती निक्षेपमा १२ करोड ५० लाख लगानी गरेको छ । 

असोज मसान्तसम्म यो स्किम १ करोड ७४ लाख घाटामा रहेकोमा कात्तिक मसान्तसम्म बढेर ४ करोड ४८ लाख पुुगेको छ । यो स्किमले कात्तिक मसान्तसम्म ५० कम्पनीको सेयरमा लगानी गरेको छ । 

नवील म्युचुुअल फण्ड अन्तगरतकै ५ वर्षे बन्दमुखी योजना नबील ब्यालेन्स फण्ड १ को न्याभ समेत घटेको छ । असोज मसान्तसम्म १९ रुपैयाँ २४ पैसा रहेको न्याभ घटेर कात्तिक मसान्तसम्मको अवधिमा १८ रुपैयाँ ७० पैसा कायम भएको हो । 

यो अवधिसम्म यो स्किमले सूचिकृत धितोपत्रमा ८९ करोड ३३ लाख लगानी गरेको छ । ऋणपत्रमा ११ करोड ४४ लाख, सूचिकृत नभएका सेयरमा ५ करोड ७९ लाख र मुद्धती निक्षेपमा ७ करोड ५० लाख लगानी गरेको छ । 

असोज मसान्तसम्म ३ करोड ८२ लाख घाटामा रहेको यो स्किम कात्तिक मसान्तसम्म ७ करोड ८६ लाख घाटामा गएको छ । यो स्किमले कात्तिक मसान्तसम्म ७३ कम्पनीको सेयरमा लगानी गरेको छ ।