nabil bank limited
काठमाण्डौ । नवील बैंक लिमीटेडले १० प्रतिशत प्रमोटर सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने भएको छ।
यो बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको १० प्रतिशत प्रमोटर सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने भएको हो ।
सेयरको रुपान्तरणसहितका अजेण्डा पारित गर्ने उद्देश्यले नवीलले आगामी फागुन २७ गते आफ्नो ३४ औं वार्षिक साधारणसभा कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा आह्वान गरेको हो ।
साधारणसभामा एनआइडिसीको स्वामित्वमा रहेको १० प्रतिशत प्रमोटर सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने अजेण्डा पेश हुनेछ ।
यसैगरी, आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत साधारणसभाले पास गर्नेछ ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढाएर ९ अर्ब पुर्याउने प्रस्ताव समेत साधारणसभामा पेश हुँदैछ ।
यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्ताव समेत साधारणसभामा अजेण्डाको रुपमा समेटिएका छन् ।
साधारणसभा प्रयोजनका लागि नवील बैंकले फागुन १४ गते एक दिन बुक क्लोज गर्नेछ । यसको अर्थ बैंकको साधारणसभामा सहभागी हुन, घोषित लाभांश पाउनका लागि फागुन १३ गतेभित्र सेयर खरीद गरिसक्नुपर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago