काठमाण्डौ । देशकै टप नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफामा २१.४२ प्रतिशतको प्रगति हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आबको सोही अवधिमा नवील बैंकले खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको हो । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६६ करोड ३८ लाख नाफा आर्जन गरेकोमा चालु आबको सो अवधिमा नवीलले ८० करोड ६० लाख नाफा आर्जन गरेको हो । 

बैंकले सार्वजनिक गरेको पहिला त्रैमासिक रिपोर्ट अनुसार यो बैंकले खूद ब्याज आम्दानीतर्फ पनि कमालको प्रगति हासिल गरेको छ । अघिल्लो  आर्थिक वर्षको पहिलो त्रैमासमा ९० करोड १ लाख रहेको खूद ब्याज आम्दानी बढेर यो  वर्षको सोही अवधिमा १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । 

नवील बैंकको चुक्तापूँजी ६ करोड १८ लाख रुपैयाँ रहेको छ र रिजर्बमा ६ करोड २४ लाख रुपैयाँ रहेको छ । 

नबील बैंकले निक्षेपतर्फ पनि उस्तै प्रगति हासिल गरेको छ । १ खर्ब २० करोड निक्षेप संकलन गरी ८३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ९ करोड निक्षेप संकलन गरी ६७  अर्ब ४३ करोड कर्जा प्रवाह गरेको छ । 

यो वाणिज्य बैंकले संचालन नाफातर्फ पनि कमालकै प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्ष ८७ करोड ७१ लाख रुपैयाँ रहेको संचालन नाफा बढेर यो वर्ष १ अर्ब २० करोड रहेको छ । 

बैंककाले निस्क्रिय कर्जा दरलाई पनि घटाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १.५४ प्रतिशत रहेको एनपीएल यो वर्षको सोही अवधिमा १.०९ प्रतिशतमा झरेको छ । 

यो बैंकको प्रति सेयर आम्दानी ५१.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.६०  गुणा कायम भएको छ ।