काठमाण्डौ । नबील बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो अत्याधुनिक नवील इन्भेष्ट एप सार्वजनिक गरेको छ । 

यो एप गुगलमा सर्वत्र उपलब्ध रहेको र आइओएसमा पनि निकट भविष्यमै उपलब्ध हुने कम्पनीले जनाएको छ । 

यस मोबाइल एपबाट नबिल इन्भेष्टमेन्टको डि(म्याट खाता, पोर्टफ्mोलियो म्यानेजमेन्ट सर्भिस् ९पि।एम्।एस्।०, सामूहिक लगानी कोष, शेयर बाँडफाँड, शेयर बजार, तथा समसामायिक सूचनाहरु सजिलै प्राप्त गर्न सकिनेछ । 

इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले समयको प्रवाहसँगै आगामी दिनहरुमा चाँडै यस एपमार्फत डि(म्याट खाता खोल्न सक्ने तथा अनलाइन भुक्तानी गर्न सक्ने जस्ता अत्याधुनिक सुविधाहरू समेत थप गरिने जानकारी दिए ।