काठमाण्डौ । नागबेली लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ६० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको कात्तिक ११ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ६० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

अघिल्लो वर्ष नागबेली लघुवित्तले ३९.८६ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

यो लघुवित्तको चुक्तापूँजी २ करोड ५० लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ४ करोड पुग्नेछ ।