काठमाण्डौ । नागबेली लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई ४८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

यो बैंकको असोज २६ गते सम्पन्न २३३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई ४५.४७३६८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५२६३१५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

यसैगरी, विजय लघुवित्त बित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । कम्पनीको असोज २६ गते सम्पन्न ७५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।