NIC Asia Bank
काठमाण्डौ । मंगलबारदेखि राजाधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०१७ मा एनआइसी एशिया बैंकले आफ्नो स्टल राख्दै ग्राहकहरुलाई विभिन्न सुविधा र छुटको अफर दिएको छ ।
नेपालको एकमात्र बृहत् उक्त अटो शोमा बैंकले अन द स्पट फाइनान्सिङ(तुरुन्तै कर्जा स्वीकृत) गर्ने व्यबस्था समेत गरेको छ । यस्तै, यो बैंकले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनका लागि खरीद गरिने गाडीमा ७ वर्ष अवधिसम्मका लागि आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउन थालेको छ । साथै, ग्राहकहरुको अधिकतम हितलाई ध्यानमा राखी कर्र्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क नलिने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।
यस्तै, नाडा अटो शो २०१७ मार्फत सवारी साधन कर्जाका लागि आवेदन दिने ग्राहकलाई यस बैंकले निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा समेत उपलब्ध गराउने घोषणा गरेको छ ।
नाडा शोमा एनआइसी एशिया बैंकको स्टल नम्बर जी सेभेन रहेको छ । अटो लोनमा यो बैंकले अन्य वाणिज्य बैंकलाई समेत टप्दै प्रवाह गरेको सुविधा र छुटको अफरको बिषयमा ग्राहकहरुले सोही स्टल तथा देशभरका १२० शाखामार्फत समेत बुुझ्न सक्ने बैंकले प्रष्ट्याएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago