काठमाण्डौ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको १५औँ संस्करणको नाडा अटो शो–२०२३ मा सार्वजनिक गरेको टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन्। 

विशेषतः सुरुआती मूल्य रु २१.९९ लाखमा नेपाली बजारमा सार्बजनिक गरिएको टियागो ईभीको अटो शोको ६ दिनमा ५०० भन्दा धेरै बुकिङ भएको कम्पनीले जनाएको छ। यसका साथै नाडा अटो शोमै लन्च गरिएको टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको छ।  

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती भन्छन्, ‘नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटोपारखीले टाटा मोटर्सका गाडीहरुमा देखाउनुभयो, त्यसले हामीमा थप ऊर्जा थपिदिनुभएको छ। साथै, जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासोमात्र नभएर बुकिङ पनि गरिदिनुभएको छ, त्यसले हामीले नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेका छौँ र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने दृढ़ संकल्प लिएका छौँ।’  

‘नाडा अटो शोमा टाटा मोटर्सको स्टलमा आएर हाम्रो आत्मविश्वास बढाइदिनुभएको सम्पूर्ण ग्राहक, मिडियाकर्मी र आयोजक सबैजनालाई विशेष धन्यवाद दिन चाहँन्छौँ’, सिजापतीले थपे। 
टाटाका गाडीहरु उत्कृष्ट विशेषतायुक्त छन्। अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीमा ५ वटा मुख्य विशेषता छन्।  जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायीता रहेका छन्। क्रुज कन्ट्रोलसहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषता छन्। 

यस्तै, अर्को गाडी नेक्सन ईभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेन्ज ४५३  किलोमिटर रहेको छ। टियागो ईभीजस्तै अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयूभीको बनावट आकर्षक रहेको छ। आरामका लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोललगायत अन्य विशेषता भएको नेक्सन ईभी एक्स जेट प्लसले अन्यभन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ। सुरक्षाका लागि यसमा एन्टी–लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सनजस्ता व्यवस्थाहरु छन्।  

त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेन्जअन्तर्गतको टाटा पन्चको ४ आधारस्तम्भ हुन्– आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा। नयाँ युग सुहाउँदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकको बदलिँदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ। टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयूभी रुपमा पनि परिचित छ।