काठमाण्डौ । धितोपत्र बोर्डले नाडेप लघुवित्त वित्तीय संस्थालाई सतप्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

योसँगै अब नाडेपले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद सेयर निश्कासन गर्नेछ । 

हकप्रद सेयरको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी बढेर ३२ करोडको उचाईमा पुग्नेछ । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडले गर्नेछ ।

हालै यो लघुवित्तले ४ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँड गरेको थियो ।