काठमाण्डौ । डिप्रोक्स लघुवित्तमा विलय हुन लागेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको नाफा गत वर्ष यही अवधिको तुलनामा २१३.४९ प्रतिशतले बढी हो। गत वर्ष संस्थाले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाले १५ करोड ५२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड ७९ लाख रुपैयाँ रहेको थियो।
दोस्रो त्रैमास संस्थाको खुद ब्याज आम्दानी २५ करोड ६२ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १४ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले संस्थाका व्यवसाय आक्रामक देखिन्छ।
यो अवधिमा संस्थाले २ अर्ब २६ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ४९ करोड रुपैयाँ सापटी लिई ४ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाको रिजर्भको आकार ५६.१९ प्रतिशतले बढेर ३३ करोड ७८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २१ करोड ६२ लाख रुपैयाँमात्र थियो।
चुक्तापुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४९.४५ रुपैयाँ पुगेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १८३.४६ रुपैयाँ रहेको छ।
नाडेपलाई डिप्रोक्सले गत पुस १५ गते प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेको थियो। हाल नाडेपको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार रोक्का छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago