काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ८ करोड भन्दा बढीले नाफा बढाएको छ । 

अघिल्लो वर्ष १ अर्ब ८ करोडको हाराहारीमा खूद नाफा आर्जन गरेको यो बैंकले २०७३/७४ मा १ अर्ब २० करोड नाफा आर्जन गर्ने सफलता पाएको हो । 

व्यवसायमा सामान्य प्रगति भएका कारण खूद ब्याज आम्दानीतर्फ पनि ठीकै मात्र प्रगति भएको देखिएको छ । यो अवधिमा खूद ब्याज आम्दानी १ अर्ब ७५ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष खूद ब्याज आम्दानी १ अर्ब ६१ करोड रुपैयाँ थियो । 

अघिल्लो वर्ष १ अर्ब १० करोड रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष १ अर्ब २५ करोड पुुगेको छ । 

बैंकले यो अवधिमा ५२ अर्ब ७० करोड निक्षेप संकलन गरी ४८ अर्ब ७ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४७ अर्ब ३९ करोड निक्षेप संकलन गरी ४० अर्ब ५६ करोड कर्जा प्रवाह भएको थियो । 

बैंकको अघिल्लो आर्थिक वर्ष ५ अर्ब ५९ करोड चुक्तापूँजी रहेकोमा यो वर्ष बढेर ६ अर्ब ७२ करोडको उचाईमा पुुगेको छ । 

सिटिजन्स बैंक इन्टरनेशनलले १.३८ प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपातलाई घटाएर १.२८ प्रतिशतमा झारेको छ । सीडी रेसियो ७७.३४ प्रतिशत रहेको छ भने तरलता अनुपात २४.१६ प्रतिशत छ । 

यस्तै, वार्षिक प्रति सेयर आम्दानी १७.४८ रुपैयाँ, प्रति सेयर कुल सम्पत्ति मूल्य ९६१.४९ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३६.५१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.०५ गुणा कायम भएको छ ।