काठमाण्डौ । ज्योति विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ राम्रो बढोत्तरी गर्न सफल भएको छ । 

अघिल्लो वर्षको यही अवधिमा ८ करोड ६ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको यो बैंकले यो वर्ष १३ करोड ५४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो । 

बैंकले खूद ब्याज आम्दानीतर्फ पनि सन्तोषजनक प्रगति गरेको छ । अघिल्लो वर्ष १६ करोड ८० लाखमा सीमित खूद ब्याज आम्दानी यो वर्ष २२ करोड ५९ लाखको उचाईमा पुुगेको छ । व्यवसायमा वृद्धि गरी बैंकले खूद ब्याज आम्दानीतर्फ यति राम्रो प्रगति हासिल गरेको देखिएको छ। 

बैंकले यो अवधिमा बैंकले ९ अर्ब १२ करोड निक्षेप संकलन गरी ८ अर्ब १ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ७ अर्ब २२ करोड निक्षेप संकलन गरी ५ अर्ब ४८ करोड कर्जा परिचालन गरेको थियो । 

हाल यो बैंकको चुक्तापूँजी १ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड २८ लाख रुपैयाँ रहेको छ । 

बैंकको निस्क्रिय कर्जा(एनपिएल) भने बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा १.०३ प्रतिशत रहेको यस्तो कर्जा बढेर यो वर्ष १.१९ प्रतिशतमा पुुगेको छ । कस्ट अफ फण्ड पनि बढेको छ । अघिल्लो वर्ष ५.१३ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ५.३३ प्रतिशत पुुगेको हो । 

दोश्रो त्रैमाससम्ममा बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी २४ रुपैयाँ ८० पैसा, प्रति सेयर नेटवर्थ १ सय २५ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात ११.३९ गुणा कायम भएको छ ।