काठमाण्डौ । चुक्तापूँजीमा वृद्धिको तुलनामा खूद नाफा बढाउन नसक्दा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो माइक्रोफाइनान्सले २३ करोड ५८ लाख खूद नाफा आर्जन गरेको हो। अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफा १०.६७ प्रतिशतले बढेको हो । 

अघिल्लो वर्षको तुलनामा कम्पनीको चुक्तापूँजी २६ प्रतिशतको हाराहारीले बढेर ३० करोडबाट ३७ करोड पुगेको छ । चुक्तापूँजी अनुसार नाफा नबढ्दा वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) भने अघिल्लो वर्षको तुलनामा ९४.६७ रुपैयाँबाट घटेर ८३.२७ रुपैयाँमा सीमित भएको हो । 

समीक्षा अवधिमा फरवार्डको संचालन मुनाफा ३३ करोडबाट बढेर ३६ करोड पुगेको छ भने ४६ करोड ३१ लाख रहेको ब्याज आम्दानी बढेर ५९ करोड माथि पुगेको छ । 

यो अवधिमा फरवार्डले ४ अर्ब ३३ करोड निक्षेप संकलन गरी तथा ४ अर्ब ७७ करोड सापटी लिएर ९ अर्ब ५२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप, सापटी र कर्जातर्फ क्रमशः २२.९७, ३५.३५ र ३१.९१ प्रतिशतको प्रगति भएको देखिन्छ । 

कम्पनीले ६७ करोडमा सीमित रिजर्बको आकार बढाई ८० करोड ५५ लाखको उचाई चुमाएको छ भने १० प्रतिशत रहेको कस्ट अफ फण्ड घटाएर ९.५३ प्रतिशतमा झारेको छ । 

अघिल्लो वर्ष यही अवधिसम्म ०.७१ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ०.७६ प्रतिशत पुगेको छ भने यो अवधिमा प्रतिसेयर नेटवर्थ ३१३.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.९५ गुणा कायम भएको छ ।