काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर लिमीटेड(आरएमडिसी)को नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झिनो मात्र वृद्धि भएको छ । 

यो कम्पनीले सोमबार प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमासमा ८ करोड १४ लाख रुपैयाँ रहेको खूद नाफा यो वर्ष वृद्धि भई ८ करोड ६६ लाख पुुगेको हो । 

यो कम्पनीको खूद ब्याज आम्दानीतर्फ पनि झिनो मात्र वृद्धि भएको छ । अघिल्लो वर्ष १३ करोड १५ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी यो वर्ष बढेर १४ करोड ७० लाख मात्र पुुगेको हो । 

दोश्रो त्रैमाससम्म यो कम्पनीको चुक्तापूँजी ६९ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १९ करोड रुपैयाँ छ । 

आरएमडिसीले दोश्रो त्रैमाससम्म ४ अर्ब ९५ करोड रुपैयाँ सापटी लिएको छ । यो अवधिमा यो संस्थाले ५ अर्ब ३३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यो अवधिमा ४ अर्ब २८ करोड मात्र कर्जा परिचालन गरेको थियो । 

आरएमडिसीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४ पैसा,  प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ४ पैसा र मूल्य आम्दानी अनुपात २४ गुणा कायम भएको छ । यो कम्पनीको हालै सम्पन्न वार्षिक साधारणसभाले अघिल्लो वर्षको खूद नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।