chiranjibi Nepal
काठमाण्डौ । पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने बाटोमा बैंक अघि बढेको भन्दै खुसी व्यक्त गरे । उनले अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रभावकारी सुपरिवेक्षणमा जोड दिने बताए । बैंक तथा वित्तीय संस्था नाफा कमाउनका लागि सञ्चालन गर्न नहुने बताएका उनले त्यस्तो मानसिकता राख्ने सबै बैंकका सञ्चालकहरुलाई अन्य नाफामूलक व्यवसायमा लाग्न सुझाव दिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृष्ट वित्तीय सेवा सहज रुपमा दिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । ‘हामी उत्कृष्ट सेवा दिने लक्ष्यका साथ आक्रामक उपस्थिति जनाउँदैछौं । काठमाण्डौं स्थानान्तरण यसको पहिलो सुरुवात हो।’ प्रमुख कार्यकारी अधिकृत ढकालले भने ।
पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा आफ्नो मुख्य कार्यालय स्थानान्तरणको सबै प्रक्रिया पूरा गरी गत चैत २७ देखि लाजिम्पाटबाट बैंकले अनौपचारिक रुपमा सेवा सुरु गरेको थियो ।
आर्थिक बर्ष २०७३/७४ को यस अवधिसम्म बैंकले १३ अर्ब ९५ करोड रुपैंया निक्षेप संकलन तथा १२ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरी ४२ करोड १६ लाख संचालन आम्दानी गरेको छ । केही समयअघिमात्रै १० बराबर ७ (१०ः७) को अनुपातमा हकप्रद शेयर निश्कासन गरेको बैंकको हालको चुक्तापूँजी २ अर्ब १६ करोड ९६ लाख ५१ हजार ६ सय ९ रुपैंया रहेको छ ।
यसैबीच, बैंकले शुक्रबार नै चाबहिलमा आफ्नो शाखा समेत बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले चाबहिल शाखाको उद्घाटन गरेका थिए । चावहिलसंगै काठमाण्डौंको सामाखुसी, लाजिम्पाट तथा कलंकीसहित देशभर ४७ शाखा र ९ वटा एटीएमबाट बैंकले वित्तीय सेवा दिन थालेको छ।
बैंकले चार सय ३४ जना कर्मचारीलाई रोजगारी दिंदै दुई लाख ११ हजार सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago