Karnali Development Bank Limited
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ मा कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडको नाफा खुम्चिएको छ । अघिल्लो वर्ष यही अवधिमा १ करोड ४१ लख रहेकोमा यो वर्ष घटेर १ करोड ३१ लख कायम भएको हो ।
यो अवधिमा बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । बैंकको अघिल्लो वर्ष खूद ब्याज आम्दानी ५ करोड ९२ लाख रहेकोमा यो वर्ष बढेर ७ करोड ९ लाखको उचाईमा पुुगेको हो ।
नेपालगञ्जको सुर्खेत रोडमा मुख्य कार्यालय रहेको बैंकले यो अवधिमा २ अर्ब निक्षेप संकलन गरी १ अर्ब ३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ८३ करोड निक्षेप संकलन गरी ८३ करोड ४९ लाख कर्जा परिचालन गरेको थियो ।
बैंकले ३.११ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जालाई घटाएर यो वर्ष २.२७ प्रतिशतमा झारेको छ ।
यो अवधिमा बैंकको प्रति सेयर आम्दानी ८.७१ रुपैयाँ, प्रति सेयर नेटवर्थ १५६.३६ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १४.९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.४० गुणा कायम भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19