काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारणसभाले हाल कायम चुक्तापूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गरेको छ ।
बुधबार सम्पन्न साधारणसभाले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
हकप्रद सेयर जारी गरेपछि नारायणी डेभलपमेन्ट बैंकको चुक्तापूँजी बढेर ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ ।
सभाले पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने प्रस्ताव पनि पास गरेको छ । योसँगै मर्जर तथा एक्वीजिसनका लागि सम्भावित समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायत सोसँग सम्बन्धित कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि भएको छ ।
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago