काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले लगातार नेपाल राष्ट्र बैंकको कारबाही भोग्नुपरेको छ।
केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०७९–८०मा मात्रै यो बैंकलाई आठौँपटक कारबाही गरेको हो। उक्त आर्थिक वर्षको चौथो त्रैमासमा पनि यो बैंकमाथि राष्ट्र बैंकले ५ पटक कारबाही गर्दै नगद गरिवाना गरेको छ।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट गैरस्थलगत सुपरिवेक्षणका आधारमा नारायणी डेभलपमेन्ट बैंकलाई चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेकोमा ५ पटक कारबाही गरी १ लाख ६४ हजार २४.४५ रुपैयाँ नगद जरिवाना गरिएको छ।
यसअघि उक्त आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नारायणी डेभलपमेन्ट बैंकलाई नियम मिचेकोमा राष्ट्र बैंकले ३ पटक कारबाही गरिसकेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19