काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले ब्याजदर घटाउने निर्णय गरेको छ ।
एनबीएको फूलहाउस बैठकमा सीइओहरुबीच निक्षेपको ब्याजदर घटाउने सहमति भएको बैठकस्थलबाट एक बैंकरले बिजशालालाई जानकारी दिए ।
ती बैंकरका अनुसार व्यक्तिगत मुद्दनि निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने निर्णय भएको हो । यो निर्णयसँगै अब मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ ।
एनबीएको निर्णयअनुसार अब एक वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा झरेको छ ।
योसँगै संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ ।
यस्तै, बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ ।
एनबीएका अध्यक्ष सुनिल केसीले व्यक्तिगततर्फ सबै अवधिका मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशतमा झार्ने निर्णय भएको पुष्टि गरे ।
उनका अनुसार निक्षेपको ब्याजदर घटेसँगै यसले आधारदर घटाउने र यसको प्रभावले पुरानो ऋणको ब्याजदर समेत घट्दै जाने परिस्थिति सिर्जना भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19