काठमाण्डौ । आर्थिक वर्षको अन्तिम दिनहरुमा बैंकिङ प्रणालीमा निक्षेपमा लगातार सुधार भइरहेको छ । 

दैनिकजसो निक्षेप थपिने क्रमले तीव्रता पाउँदा कर्जा निक्षेप अनुपात(सीडी रेसियो) पन लगातार घटिरहेको छ । 

नेपाल राष्ट्रबैंककाअनुसार सोमबार बैंकिङ क्षेत्रको सीडी रेसियो अघिल्लो दिनको तुलनामा घटेर ८६.९८ प्रतिशतमा झरेको छ । अघिल्लो दिन अर्थात आइतबारसम्मको सीडी रेसियो ८७.१४ प्रतिशत रहेको थियो । 

अघिल्लो दिन प्रणालीमा निक्षेप ५१ खर्ब ८ अर्ब रहेकोमा ३ अर्बले बढेर सोमबार ५१ खर्ब ११ अर्ब पुगेको छ । 

प्रणालीमा कुल कर्जा लगातार घटिरहेको छ । आइतबारसम्म कुल ४६ खर्ब ९४ अर्ब रहेकोमा घटेर सोमबार ४६ खर्ब ९० अर्बमा सीमित बन्न पुगेको छ । 

निक्षेप लगातार बढिरहँदा कर्जामा पनि लगातार गिरावट आएका कारण समेत सीडी रेसियोमा ओभरनाइट सुधार भइरहेको देखिन्छ । 

सोमबार वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढेको छ । अघिल्लो दिनसम्म ४५ खर्ब १३ अर्ब रहेको निक्षेप बढेर सोमबार ४५ खर्ब १५ अर्ब पुगेको हो ।

यस्तै, आइतबारसम्म ४१ खर्ब ६४ अर्ब रहेको कुल ऋण लगानी घटेर सोमबारसम्म ४१ खर्ब  ६१ अर्ब रहेको छ । 

अघिल्लो दिन ७.५० प्रतिशत रहेको अन्तर बैंक ब्याजदर घटेर सोमबार ७ प्रतिशत रहेको छ ।