काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार निफ्राको नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा २२.५३ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब २ करोड लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा ८३ करोड ७४ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा २३.१४ बढेको छ। अघिल्लो वर्ष १ अर्ब १९ करोड रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिसम्म बढेर १ अर्ब ४६ करोड रुपैयाँ भएको छ।
बैंकको खुद ब्याज आम्दानी पनि ४१.२० प्रतिशतले बढेर १ अर्ब ८८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो।
बैंकको रिजर्भको आकार २७.६८ प्रतिशतले घटेर १ अर्ब ७३ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकले ४३ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ३० करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २७ करोडरुपैयाँ कर्जा परिचालन गरेको थियो।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५.३५ रुपैयाँबाट घटेर ४.७५ रुपैयाँमा झरेको छ। पीई रेसियो ५२.५२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १०८.०४ रुपैयाँ रहेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago