काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नियमविपरीत काम नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन्।
प्राधिकरणले काठमाण्डौमा आयोजना गरेको निर्जीवन बीमा कम्पनीहरुसँगको अन्तर्क्रियामा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन्। नियम–कानुनमा प्रश्न उठ्ने गरी कुनै काम नगर्न बीमा कम्पनीलाई निर्देशन दिँदै उनले भने, ‘प्राधिकरणले जारी गरेका निर्देशिकाहरु पालना गर्नु बीमा कम्पनीहरुको कर्तव्यमात्रै नभई दायित्व पनि हो।’
अध्यक्ष सिलवालले लगानी निर्देशिकाले बीमा कम्पनीहरुलाई लगानी गर्न कुनै अप्ठ्यारो नपारेको बताए। ‘प्राधिकरणले बीमा कम्पनीहरुका सुझाव, तथ्यांकहरुको विश्लेषण र अन्तर्राष्ट्रिय अभ्यासहरुसमेतका आधारमा देशको आवश्यकताअनुरुप लगानी निर्देशिका जारी गरेको हो’, उनले भने, ‘लगानी निर्देशिका समग्र बीमा कम्पनीको हितमा छ, निर्देशिकाले संसारमा चलेका लगाीका क्षेत्रसमेत खुला गरेको छ।’
अध्यक्ष सिलवालले अब बीमा कम्पनीहरुले बैंकमा मात्रै रकम जम्मा नगरेर लगानी का क्षेत्रको अध्ययन गरी लगानी विविधिकरण गनुपर्नेमा जोड दिए।
यसका साथै प्राधिकरणले बीमा कम्पनीलाई बीमा व्यवसाय गर्ने वातावरण तयार गरेको अध्यक्ष सिलवालले बताए। ‘तोकिएको मापदण्डबमोजिम कम्पनीहरुले अब काम तीव्र रुपमा अघि बढाउनुपर्छ, घर तथा सम्पत्ति बीमालाई प्रोत्साहित गर्न सामूहिक रुपमा पहल गर्नुपर्छ’, उनले भने।
अध्यक्ष सिलावलले बीमा कम्पनीहरुको संरक्षण र विकास गर्न प्राधिकरण सदैव सजग रहेको बताए। मर्जमा गएका बीमा कम्पनीलाई दिने सेवा, सुविधा, कोरोना बीमाको बाँकी दाबी भुक्तानी र कृषि बीमा अनुदानका बारेमा सम्बन्धित मन्त्रालयमा पहल भइरहेको पनि उनले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19