काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा औसत प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्ष यही अवधिमा ५५ करोड ९७ लाखमा सीमित खूद नाफा बढाएर ७१ करोड ५१ लाखको उचाईमा पुर्याएको हो ।
समीक्षा अवधिमा बैंकको संचालन नाफा, निक्षेप तथा कर्जा परिचालन बढेको छ भने रिजर्ब कोष भने घटेको छ ।
गत वर्ष यही अवधिमा ७३ करोड ४१ लखमा सीमित संचालन नाफा बढेर ९४ करोड ४६ लाखको उचाईमा पुगेको छ ।
यो अवधिमा बैंकले ७१ अर्ब ६ करोड निक्षेप संकलन गरी ६२ अर्ब ६० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५५ अर्ब निक्षेप संकलन गरी ४६ अर्ब कर्जा परिचालन गरेको थियो ।
अघिल्लो वर्ष २ अर्ब ४१ करोड रहेको रिजर्ब कोषमा १२.४३ प्रतिशतको गिरावट आई २ अर्ब ११ करोडमा सीमित बन्न पुगेको छ ।
गत वर्ष ४ अर्ब ९४ करोडमा सीमित पूँजी बढेर ८ अर्ब ३ करोड पुग्दा नाफामा सोअनुसारको बढोत्तरी हुन नसक्दा प्रतिसेयर आम्दानी भने घटेको छ । गत वर्ष यही अवधिमा २२.६६ रुपैयाँ रहेको इपीएस घटेर १७.८० रुपैयाँ कायम भएको हो ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२६.३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.०६ गुणा कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago