काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा बितेको २४ घण्टामा सुनको मूल्य प्रतिऔंस झण्डै १२ डलरले बढेको छ । यो अवधिमा सुनको मूल्य १२ डलरले बढेर प्रति औंस २०६५ डलर पुगेको हो ।
निरन्तर घटबढ भईरहने सुनको मूल्य बितेको २४ घण्टामा न्यूनतम प्रतिऔंस २०५३ र अधिकतममा २०६५ सम्म पुगेको छ ।
अन्तरराष्ट्रिय बजारमा बिगत केहि सातादेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । गत डिसेम्बर १५ मा प्रति औंस २०२० डलर रहेको सुनको मूल्यले निरन्तर उकालो यात्रा तय गरिरहेको छ ।
नेपालमा सुनको मूल्य निर्धारण अन्तरराष्ट्रिय बजारका आधारमा हुने गर्दछ । तसर्थ यसले नेपालमा समेत सुनको मूल्य प्रभावित बन्ने देखिन्छ । यसका अलावामा नेपालमा भन्सार शुल्क,डलरको सटही दर र अन्य शुल्क तथा करहरुले सुनको मूल्य निर्धारण गर्ने गर्दछन् ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा हाल सुनको मूल्य प्रति तोला १ लाख १९ हजार ९०० रुपैयाँ छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago