काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ उकालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामै ३० रुपैयाँले १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19