काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडले नेपाल ग्रामीण विकास बैंकको १ लाख ९१ ह्जार ९ सय ९२ कित्ता संस्थापक सेयर आगामी कात्तिक २० गतेदेखि लिलामीबाट बिक्री गर्ने भएको छ ।
निर्धन उत्थानले प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँ मूल्य राखेर लिलामीको प्रक्रिया खुलाउने भएको हो।
लिलामीको प्रक्रिया आगामी मंसिर ६ गतेसम्म खुल्ला रहनेछ । परेका बोलपत्रहरु मंसिर ७ गते खोलिने बताइएको छ ।
लिलामीमा सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँको बोल लगाउनैपर्नेछ । न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले लिलामीको प्रक्रिया बिक्री प्रबन्धकको काम गर्नेछ ।
निर्धन उत्थान बैंकले बिक्री प्रबन्धकको लाजिम्पाट(काठमाण्डौ)स्थित मुख्य कार्यालयमा बोलपत्र पेश गर्न आह्वान गरेको छ । निर्धन उत्थान बैंकले नेपाल ग्रामीण विकास बैंकको संस्थापक सेयर बिक्रीबाट करिब ४ करोड आर्जन गर्ने लक्ष्य लिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago