काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडले रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको १४ हजार ६ सय ४१ कित्ता संस्थापक सेयर आगामी कात्तिक २१ ग्तेदेखि लिलामीमा राख्ने भएको छ ।
निर्धनले रुरलको संस्थापक सेयर प्रतिकित्ता न्यूनतम ३ सय रुपैयाँ मूल्यमा लिलामीबाट बिक्री गर्न लागेको हो ।
लिलामीको प्रक्रियामा सहभागी हुन चाहनेले तोकिएको स्थानमा गएर मंसिर ७ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बिड गर्न चाहनेले न्यूनतम प्रतिकित्ता मूल्य ३ सय रुपैयाँ लगाउनुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन पाइनेछ ।
एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले सेयर निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ । इच्छुकहरुले एनआइबिएल क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित मुख्य कार्यालयमा गएर लिलामीको आवेदन दिनसक्नेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago