काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभाले ४२.११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
मंगलबार काठमाण्डौको नक्सालमा भएको २० औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव अनुसार आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्तापूँजी १ अर्बको २२.११ प्रतिशतले हुन आउने नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।
संस्थाका संचालक समितिका अध्यक्ष गणेशबहादुर थापाले पेश गरेको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७५ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७४।७५ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु समेत पारित गरेको छ ।
संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि प्रस्तावित बोनश शेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाको प्रवन्धपत्र संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको ब्यक्तिलाई पूर्ण अख्तियारी दिने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित भएको बताइएको छ ।
साधारणसभाले समूह “क” संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना संचालकको रुपमा देवेन्द्रबहादुर राउतलाई चयन गरेको छ । यस्तै, समूह “ख” सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी २ जना संचालकको निर्वाचन भएकोमा टोपबहादुर रायमाझी र संम्रिता तिवारी निर्वाचित भएका छन्् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19