काठमाण्डौ । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउन तथा निर्यात प्रवद्र्धन गरी वैदेशिक व्यापारमा देखिएको असन्तुलनलाई कम गर्न मन्त्रीपरिषदले स्वीकृत गरेको निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि कार्यान्वयनमा सहयोग गर्न राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।
यो कार्यविधि पुस ६ गतेदेखि कार्यान्वयनमा आइसकेको छ । कार्यविधि अनुसार २६ वटा उत्पादनमा नगद प्रोत्साहन तोकिएको छ ।
निर्यातमा अनुदान प्रदान गर्नका लागि राष्ट्रबैंकले १० बुँदे व्यवस्था गरी वाणिज्य बैंकहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
वस्तु निर्यात तथा सोको भुक्तानी जुन बैंक कार्यालयमार्फत भएको हो, सोही बैंक कार्यालयमार्फत मात्र नगद प्रोत्साहन उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
यससँग वाणिज्य बैंकहरुले पालना गर्नुपर्ने व्यवस्था यस्ता छन्:
सरकारले १५ वटा वस्तुको निर्यातमा कुल निर्यात मूल्यका ५ प्रतिशत नगद अनुदान प्रदान गर्ने कार्यविधि पारित गरेको छ । यस्तै, ११ प्रकारका वस्तुमा ३ प्रतिशत नगद अनुदानको व्यवस्था गरिएको छ ।
पाँच प्रतिशत अनुदान पाउने वस्तुको सूचि:
तीन प्रतिशत नगद अनुदान पाउने वस्तुको सूचि:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago