काठमाण्डौ । जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःसहाय सहयोग परिषद, धरानलाई रु. १ लाख सहयोग हस्तान्तरण गरिएको छ । 

उक्त सहयोग रकम इटहरी क्ष्ोत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरेका हुन् । 

धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय बालबालिकाको शिक्षा र सिप विकासमा कार्य गर्दै आएको छ ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा शिक्षा, स्वास्थ्यका अतिरिक्त अन्य क्षेत्रमा पनि सामाजिक कार्यहरु गर्दै जाने कार्यक्रम रहेको छ ।