 
                     
                                
                             
                                    काठमाण्डौ । अमेरिकामा निसान कार कम्पनीले एकैपटकमा ३ लाखभन्दा बढी कारलाई फिर्ता मगाउने भएको छ।
जापानिज कार निर्माता कम्पनी निसानले आफैँ हुड खुल्ने समस्याका कारण यति धेरै कार एकैपटक फिर्ता मगाउन लागेको हो। कार सञ्चालनका क्रममा आफैँ हुड खुल्ने र ड्राइभरलाई हेर्न समस्या हुँदा दुर्घटना हुन सक्ने जोखिमलाई ध्यानमा राखेर निसानले यति ठूलो मात्रामा कार फिर्ता मगाएको हो।
उत्तर अमेरिकास्थित कम्पनीको शाखा कार्यालयका अनुसार सन् २०१३ देखि २०१६ सम्म बनेका ३ लाख २२ हजार ६७१ एसयूभी कार फिर्ता मगाउन लागिएको छ। कार फिर्ताका लागि बुधबारदेखि सम्बन्धित कारधनीलाई सूचना पठाइने पनि कम्पनीले जनाएको छ।
यसअघि जर्मन कार कम्पनी मित्सुबिसीले पनि प्राविधिक समस्या देखिएपछि कार फिर्ता मगाएको थियो। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19