काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

कात्तिक ७ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

आर्थिक वर्ष २०७१/७२ मा यो बिमा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

यसैगरी, यो बिमा कम्पनीले १ सय प्रतिशत हकप्रद समेत जारी गर्दैछ । हकप्रद हाल नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छ । 

नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १२ करोड ६० लाख  खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ३८ करोड ८८ लाख पुग्नेछ । त्यसपछि निश्कासन हुने हकप्रदपछि चुक्तापूँजी ७८ करोडको हाराहारीमा पुग्नेछ ।